Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

Message

नेपाली संघीय समाज, युके केन्द्रीय समितिका अध्यक्ष धर्मबहादुर तामाङ ज्यूको सन्देश

युकेमा रहनु भएका सम्पूर्ण न्याय र समानताका पक्षधर दाजुभाई तथा दिदीबहिनीहरु

नेपाली संघीय समाज युके हाम्रो यो विशिष्ट परिस्थतीमा जुझारु भएर निरन्तर अघि बढिरहेको छ । एकातिर हाम्रो मातृभूमिलाई भ्रष्ट र दलालहरुले जुवाघर बनाईरहेका छन, जातिय र बर्गिय विभेद चरमसिमामा पुगेको अवस्था छ भने अर्को तिर हाम्रो बसाई नयाँ ठाँउमा भएकोले यहा पनि बुझ्नु पर्ने धेरै बाँकी छ । हामी यी दुबै कामलाई संगठनको शक्तिबाट समाधान गर्न तयार छौ ।
Dharma Tamang
तपाई हामी एकै परिवार भएकोले तपाईको दुःख सुख हामी बीचमा आदानप्रदान हुनसहोस । दुखमा परेकालाई साथ दिने नचुकौ र प्रतिदिन नयाँ कुरा सिक्दै जाऔ । तपाईलाई कुनै साह्रोगाह्रो भएमा हामीलाई पनि शेयर र सम्पर्क गर्नुहोला । आपसमा मिलेर धेरै कुरा गर्न सक्दछौ । संगठन नै शक्ति हो । प्रतिदिन राम्रा नयाँ कुराहरुलाई अबलम्बन गर्दै जाऔ ।

अन्तमा, जातिय मुक्तिको लागि संघीयता र बर्गिय मुक्तिको लागि समाजवाद भन्ने नारालाई सधै ख्याल गरौ र एकमुठ्ठि सास रहुन्जेल न्याय र मुक्तिको लागि लडिरहने बाँचा गरौंं ।

जय संघीय समाजवाद ।

धर्मबहादुर तामाङ
अध्यक्ष
नेपाली संघीय समाज, युके