Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

Introduction

संक्षिप्त परिचय,
स्थायी वा अस्थायी रुपबाट युकेमा बसोवास गर्दै आएका न्याय र समानताका पक्षधरहरुको संगठन नै नेपाली संघीय समाज, युके (Nepalese Federal Society, UK) हो । नेपालको पृष्ठभूमिबाट आएका कारण संघीय समाज नेपालमा सबल संघीय प्रणालीको अवधारणा राख्दछ । लामो समयदेखिको यथास्थिती, एकात्मकवादी प्रणालीको कारण विकास, प्रगति र समातामुलक समाज निर्माण हुन नसकेको ठहर गर्दै हामी बैचारिक रुपबाट अन्यहरुको तुलनामा गुणौ अगाडि रहेको आत्माविश्वास राख्दै सबै जातिलाई अगाडि लगेर मात्र सिंगो मुलुक अगाडि जान सक्दछ भन्ने हाम्रो विश्वास रहेको छ ।

युकेमा रहनु निश्चय नै हाम्रो लागि नयाँ चुनौती हो भने यहा रहदै गर्दा विभिन्न समस्याहरु संग जुधिरहनु परेको बेग्लै विवशतामा समेत आपसमा एकभई, भातृत्व कायम गरि सहयोग र सद्भाव बढाउने उद्देश्यले यो नेपाली संघीय समाज निर्माण भई क्रियाशिल रहेको छ ।

हामी न्याय समानताका पक्षधर प्रत्येक ब्यक्ति र समुहलाई सहकार्य र एकताको लागि हार्दिक अनुरोध गर्दछौ । सन् २०१२ डिसेम्बर २२ का दिन स्थापित संघीय समाजका विभिन्न क्षेत्रिय समितिहरु समेत क्रियाशिल रहेका छन् ।