Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

अग्रगामी विद्यार्थी यूनियनको प्रथम राष्ट्रिय सम्मेलनको लागि युकेबाट १ लाख ९ हजार प्रदान

  • Home
  • News
  • अग्रगामी विद्यार्थी यूनियनको प्रथम राष्ट्रिय सम्मेलनको लागि युकेबाट १ लाख ९ हजार प्रदान
UK-Donation-to-student

आसफोर्ड, २१ डिसेम्बर २०१४ । अग्रगामी विद्यार्थी यूनियनको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा चलिरहेको बखत नेपाली संघीय समाज युकेले रु १ लाख ९ हजार प्रदान गरेको छ ।

विद्यार्थी नेता फरिन्द्र थापामगर र नेपाली संघीय समाज युकेका उपाध्यक्ष देव गुरुङ बीचको सम्पर्कबाट अघि बढेको शुभ कामना भेटि संकलन अभियानलाई बरिष्ठ उपाध्यक्ष जंग सुनुवार लगायत सम्पूर्ण सदस्यहरुको सक्रियतामा आर्थिक संकलन गरिएको थियो । आर्थिक सहयोग गर्नुहुने सबैलाई अध्यक्ष धर्मबहादुर तामाङले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
UK-Donation-to-student
उक्त रकम पार्टी कार्यालय काठमाडौमा नेपाली संघीय समाज युकेका उपाध्यक्ष तथा सेवारत मेजर योगेश राईले विद्यार्थी युनियनका अध्यक्ष विवेक राईलाई एक समारोश वीच हस्तान्तरण गर्नुभएको थियो । सो कुरा पार्टी केन्द्रीय अध्यक्ष असोक राईले पनि सामाजिक संजाल मार्फत उल्लेख गर्नुभएको छ ।

अग्रगामी विद्यार्थी यूनियनको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा गत पुष १ २ र ३ गते चलेको थियो । भब्यतापूर्वक सम्पन्न सो सम्मेलनले थप उर्जा थपेको छ ।

About

View all posts by