Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

संघीय समाज युकेको महाधिवेशन सम्पन्नः पहिचान सहितको संघीयताले सबैको भलो र सिंगो मुलुकलाई समृद्ध बनाउछ – महासचिव श्रेष्ठ

  • Home
  • News
  • संघीय समाज युकेको महाधिवेशन सम्पन्नः पहिचान सहितको संघीयताले सबैको भलो र सिंगो मुलुकलाई समृद्ध बनाउछ – महासचिव श्रेष्ठ
sanghaya-samajbadi3

आसफोर्ड युके, गत २० सेप्टेम्बर २०१४ का दिन संघीय नेपाली समाज युकेको प्रथम ऐतिहासिक महाधिवेशन सम्पन्न भएको छ ।

पहिचान सहितको संघीयताले सबैको भलो र सिंगो मुलुकलाई समृद्ध बनाउने कुरा प्रमुख अतिथि पार्टी केन्द्रीय महासचिव राजेन्द्र श्रेष्ठले बताउनु भएको छ । श्रेष्ठले आफ्नो पार्टीको राजनैतिक सिद्धान्त विश्वमै उत्कृष्ट रहेको र छोटो समयमै पार्टीले धेरै प्रगति गरेको पनि बताउनु भयो । त्यसैगरि पार्टी केन्द्रीय उपमहासचिव अजम्बर राई काङमाङले देशलाई शान्ति र सुब्यवस्था कायम गर्न अहिलेको प्रतिगामी सरकारलाई ध्वस्त बनाउन आन्दोलन गर्नुपर्ने त्यसको लागि पार्टी संगठन देशविदेशमा मजबुत बनाउनु परेको बताउनु भयो । पार्टी केन्द्रीय प्रवास विभाग प्रमुख आङकाजी शेर्पाले विगत २००७ देखि एकजातिय हालीमुहाली हुने राज्य बनेको र हामीले चाहि सबैको सहभागिता हुने राज्य चाहेको बताउनु भयो । हामीले देश र जनताको हित र प्रगतिको मुद्धा हाँकेको हो । कसैले जातिवादी अनेकअनेक आरोप लगाएपनि त्यसको कुनै अर्थ नरहेको र त्यस्ता शकुचित विचार बोकेकालाई दया गरि सहानुभूति दिने बताउनु भयो ।

लण्डनको नर्थहलमा सम्पन्न महाधिवेशनबाट धर्म तामाङको अध्यक्षतामा २९ सदसिय कार्यसमिति चयन भएको छ । महाधिवेशनमा ३ दर्जन नेता कार्यकताहरु काँग्रेस र एमाले परित्याग गरि संघीय समाजवादी पार्टीमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीहरुलाई महासचिव श्रेष्ठले खदा लगाईदिएर स्वागत गर्नुभएको थियो । नयाँ कार्यसमिति चयनको लागि पदम राई, देवी बहादुर लिम्बु र प्रेम राई रहेको निर्वाचन मण्डल निर्माण गरिएको थियो । नयाँ निर्वाचित नेतृत्वलाई प्रमुख अतिथि श्रेष्ठले सपथ खुवाउनु भएको थियो ।
sanghaya-samajbadi9c
तदर्थ समितिका अध्यक्ष भगवान चाम्लिङको सभापतित्वमा सम्पन्न महाधिवेशनलाई महासचिव प्रेम राईले संचालन गर्नुभएको थियो । नेकपा माओवादी, संघीय लिम्बुवान पार्टी लगायतका आमन्त्रित अतिथिहरुले पनि शुभ कामना मन्तब्य दिनुभएको थियो । सहभागिहरुलाई चर्चित गायिका रेष्मा सुनुवारले लोकप्रिय गीतहरु गाएर मनोरन्जन प्रदान गर्नु भएको थियो ।

संघीय समाज युके सन् २०१३ मा स्थापना भई संचालनमा रहेको हो भने संघीय समाजवादी पार्टी नेपालको एक प्रवासी अंगको रुपमा रहेको छ । यस समाजको युकेमा विभिन्न ६ क्षेत्रिय शाखाहरु संचालनमा रहेका छन् ।
नेताहरुको सम्मानमा जनजाति महासघको अन्तरक्रिया कार्यक्रम सम्पन्न

गत २१ सेप्टेम्बरका दिन नर्थहलको एक रेष्टुरेष्टमा संघीय समाजवादी पार्टी, नेपालका महासचिव तथा पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, उपमहासचिव अजम्बर राई काङमाङ, प्रवास विभाग प्रमुख आङकाजी शेर्पा र सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डल सदस्य डा. चैतन्य सुब्बाको स्वागतार्थ नेपाल आदीवासी जनजाति महास्घ युकेले एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

अगुवा कार्यकर्ता पार्टी प्रशिक्षण
गत २१ सेप्टेम्बरका साँझ लण्डन स्थित एक रेष्टुरेष्टमा पार्टीका अगुवा नेता तथा पार्टी कार्र्यकर्ताहरुलाई प्रशिक्षण दिइएको थियो । दुई दर्जन नेता कार्यकर्ताको सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता नवनिर्वाचित उपाध्यक्ष जंग सुनुवारले गर्नुभएको थियो ।

पार्टीको नीति तथा कार्यक्रम, संविधान निर्माण सम्बन्धमा पार्टीका धारण तथा आगामी रणनीतिको बारेमा त्रय नेता श्रेष्ठ, काङमाङ, शेर्पा र नवनिर्वाचित केन्द्रीय सदस्य भगवान चाम्लिङले प्रशिक्षण दिनु भएको थियो ।

पार्टी क्षेत्रिय समितिहरुको भेला तथा प्रशिक्षण हुदै
पार्टी केन्द्रीय नेतृत्वहरुको उपस्थितीमा विभिन्न क्षेत्रिय समितिको भेला, महाधिवेशन तथा प्रशिक्षण कार्यक्रम राखिएको कुरा लण्डन शाखाका अध्यक्ष रत्ना थापाले बताउनु भएको छ ।

About

View all posts by