Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

संघीय समाजले भूकम्प राहतलाई ३ लाख पठायो, लिम्बुवान र किरात प्रदेश समिति बन्ने

  • Home
  • News
  • संघीय समाजले भूकम्प राहतलाई ३ लाख पठायो, लिम्बुवान र किरात प्रदेश समिति बन्ने

गत १७ मे २०१५ का दिन नेपाली संघीय समाज युकेको नर्थहल लण्डनमा सम्पन्न चौथो विस्तारित बैठकले भूकम्प पीडित राहत कोषको लागि ३ लाख तत्कालै नेपाल पठाएको छ ।

समाजको बैठकले भूकम्पमा परि मृत्यू हुनुभएका तथा जनधनको क्षति प्रति शोक प्रस्ताव पारित गर्दै अग्रगामी विद्यार्थी र युवाहरुको उद्धार कार्यको प्रसंसा गर्दै पार्टी केन्द्रीय समितिको निर्देशन बमोजिम उक्त रकम पठाइएको कुरा अध्यक्ष धर्म तामाङले बताउनु भयो ।

बैठकले तत्कालै युकेब्यापी लिम्वुवान प्रदेश समिति, ताम्सालिङ प्रदेश समिति र किरात प्रदेश समिति निर्माण गर्ने पनि निर्णय गरेको छ । समाजले भूकम्प राहतकोषको लागि आगामी ४ जुलाईका दिन लण्डनमा भब्य च्यारिटी डिनर तथा मनोरन्जनको कार्यक्रम गर्ने भएको छ । बैठकले तत्कालको लागि उद्धार तथा राहत जुटदै गर्दा संघीयताको मुद्धालाई झनै उत्कर्षमा पुरयाउने समेत निर्णय गरेको छ ।

एमाले परित्याग गरि संघीय समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएका भोजपुर निवासी गन्जमान राइलार्ई नेपाल केन्द्रीय सदस्य भगवान चाम्लिङले पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो । बैठकले समाजको अनलाइन मुखपत्र र नेपलिजसोसाइटीडटअर्गडटयुके पनि शुरु गर्ने भएको छ ।

राजु सुब्बा

About

View all posts by