Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

सङ्घीय समाजवादी आसफोर्ड शाखा युकेको नेतृत्व सुब्बालाई

  • Home
  • News
  • सङ्घीय समाजवादी आसफोर्ड शाखा युकेको नेतृत्व सुब्बालाई

गत १४ अगष्ट २०१६ का दिन नेपाली सङ्घीय समाज आसफोर्ड शाखाको प्रथम अधिवेशनले विनोद सुब्बालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

उपाध्यक्षमा प्रश्न राई, सचिवमा अमित थेवे, कोषाध्यक्षमा मनबहादुर माबोहाँङ चयन हुनुभएको छ भने सदस्यहरुमा क्रमशः जितेन्द्र चेम्जोङ, डम्बर खजुम, असई राई, देवराज राई, पपीराज राई र राम राई रहनु भएको छ । सल्लाहकारहरुमा शाखाका पूर्व अध्यक्ष जीवन कुमार राई, राजेन्द्र खिम्दिङ, दिल सम्बाहाम्फे र विश्वासहाँङ खेवाहाँङ चयन हुनु भएको छ ।

नवंनिर्वाचित पदाधिकारीहरुलाई केन्द्रीय बैकल्पिक सदस्य भगवान चाम्लिङले सफथ खुवाउनु भएको थियो भने तमुवान प्रदेश समिति युके इन्चार्ज तथा सल्लाहकार कमल गुरुङले वैकल्पिक शक्तिको रुपमा स्थापित सङ्घीय समाजवादी फोरम, नेपाललाई अझ ब्यापक विस्तार गर्नुपर्ने विचार राख्नु भयो । त्यस्तैगरि युके राष्ट्रिय समितिका उपाध्यक्ष राजेन्द्र खिम्दिङले लिम्बुवान, खम्वुवान, तमुवान लगायतको राज्यहरु प्राप्तिको निम्ति राष्ट्रिय शक्ति सङ्घीय समाजवादी फोरम नेपालबाट मात्र सम्भव रहेको र क्षेत्रिय पार्टीहरुबाट सम्भव नदेखिएको बताउनु भयो । युके समितिका महासचिव विश्वासहाँङ खेवाहाँङले चाडै नै अन्य शाखाहरु पनि विस्तार गर्ने साथै लिम्बुवान प्रदेश समिति निर्माण गरिने बताउनु भयो ।

नवनिर्वाचित अध्यक्ष सुब्बाले आफूले जाने र सकेजति, बलबुंताले भ्याएसम्म न्याय र समानताको लागि काम गर्ने प्रतिबद्धता जाहेर गर्दै सबैबाट सहयोगको अपेक्षा गर्नुभयो । निवर्तमान अध्यक्ष जीवन प्रकाश राईले आफ्नो नेतृत्वमा रहेको समितिको विघटन घोषणा लगतै नयाँ नेतृत्व चयनको प्रकृया अघि बढेको थियो । नयाँ नेतृत्वको घोषणा, सफथ र प्रतिबद्धता पछि अधिवेशनको समापन निवर्तमान अध्यक्ष राईले गर्नुभयो ।

सङ्घीय समाजवादी फोरम, नेपालको प्रवास अंग सङ्घीय नेपाली समाज युकेको विभिन्न ६ शाखाहरु रहेका छन र आगामी २५ सेप्टेम्बर का दिन दोस्रो राष्ट्रिय महाधिवेशन लण्डन नजिक अल्डरसुटमा हुदैछ ।
– राजु सुब्बा
ashford 1

ashford 2

ashford 3

ashford 4

ashford 5

ashford 6

ashford 7

About

View all posts by

One Response

  1. Tikadhan Rai says

    lu sabailaii yek mushta badhai tatha aagami karyakal safaltako shubhakama