Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

सङ्घीय समाज युकेको भेटघाट तथा स्थापनाको बार्षिक उत्सव सम्पन्न

  • Home
  • News
  • Photo
  • Video
  • सङ्घीय समाज युकेको भेटघाट तथा स्थापनाको बार्षिक उत्सव सम्पन्न

गत २४ जुन २०१६ का दिन सङ्घीय समाजवादी फोरम, नेपालको प्रवास अंग नेपाली सङ्घीय समाज युकेले पार्टी स्थापनाको पहिलो बार्षिकउत्सव नर्थहल लण्डनमा मनाएको छ ।

सन् १५ जुन २०१५ का दिन काठमाडौमा सङ्घीय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम र खस समावेशि पार्टी बीच एकिकरण भई सङ्घीय समाजवादी फोरम नेपाल बनेको हो । पार्टी केन्द्रीय सल्लाहकार लक्ष्मण तुलाचन र बृद्धा तिल बहादुर गुरुङले केक काटेर बार्षिकउत्सव मनाईएको थियो । उपाध्यक्ष बालकृष्ण राईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा केन्द्रीय बैकल्पिक सदस्यद्धय भगवान चाम्लिङ र राजेश थापा खस क्षेत्री, सल्लाहकार भानुभक्त राई, विमला राई, वसुन्धरा राई, भक्त दुरा, कमल गुरुङ, काङमाङ नरेस, देवेन्द्र खेरेस, दशरथ राई, भानुभक्त गुरुङ लगायतले शुभ कामना मन्तब्य राख्नु भयो । बक्ताहरुले नेपालमा जारी आन्दोलनले राम्रो प्रभाव पारेको र संमग्रमा पार्टी मजबुत बनेको साथै युकेबाट अझ धेरै सहयोग गर्नुपर्ने विचार ब्यक्त गरेका थिए ।

नवंनिर्वाचित रिडिङ शाखालाई बधाई साथै संगठन भित्र सक्रिय रही योगदान गर्नुभएबापत तिल बहादुर गुरुङ र आर्थिक सहयोगमा विशेष सहयोग गर्नुभएको कारण दावा श्याङबोलाई सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तैगरि डिके राई, लोप्साङ छिरिङ्ग समेतलाई सम्मान गरिएको थियो । एमाले, काँग्रेस र माओवादी एकता केन्द्र परित्याग गरि समाजवादी फोरममा प्रवेश गर्ने ८ जनालाई सदस्यता हस्तान्तरण गरिएको थियो ।

कार्यबाहक अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई पहिलो चरणलाई महासचिव विश्वासहाँङ खेवाहाँङ र उपमहासचिव कमल प्रसाद राईले संचालन गर्नुभएको थियो भने दोस्रो चरणको मनोरन्जनात्मक कार्यक्रम सचिव मिलनचन्द्र राईले गर्नुभएको थियो । समाजको आगामी २४ सेप्टेम्बर २०१६ का दिन दोस्रो महाधिवेशन लण्डनमा हुदैछ ।

राजु सुब्बा

fsf-bbq-2016

fsf-bbq-2016-2

fsf-bbq-2016-c

fsf-bbq-2016-d

fsf-bbq-2016-e

fsf-bbq-2016-f

fsf-bbq-2016-g-web

fsf-bbq-2016-h-web

About

View all posts by