Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

सङ्घीय समाजवादीफोरम युकेको बैठक सम्पन्न अध्यक्ष यादव र वरिष्ठ नेता राईलाई निम्तो

  • Home
  • News
  • सङ्घीय समाजवादीफोरम युकेको बैठक सम्पन्न अध्यक्ष यादव र वरिष्ठ नेता राईलाई निम्तो

fsf-uk meeting
गत ३० मे २०१६ का दिन लण्डनको चिस्वीक कम्युनिटी हलमा सङ्घीय समाजवादीफोरम, युके केन्द्रीय समितिको बैठक सम्पन्न भयो ।

जारी सङ्घीय गठबन्धन आन्दोलनलाई हरप्रकारको सहयोग गर्दै ऐक्यबद्धता जनाएको छ । पार्टी एकिकरण र जारी आन्दोलनले पार्टीको विस्तार,ब्यापकता र पार्टी प्रतिजनताको आकर्षण हवात्तै बढेको निष्कर्ष निकाल्दै युकेमा अरु ब्यापकता दिने निर्णय गरयो ।

युकेमा रहेका पार्टीका नेता, कार्यकर्ता तथा आस्थावानवीच भेटघाट गराउने उद्देश्यले यहि २५ जुनकादिन लण्डन साउथहयारोमा बिबिक्यू पार्टी गर्ने र आगामी सेप्टेम्बरमा हुने पार्टीको दोस्रो महाधिवेशनमा पार्टी केन्द्रीयअध्यक्षउपेन्द्र यादव र वरिष्ठ नेताअसोक राईलाई निम्तो गर्ने निर्णय गरयो । साथै, सङ्घीय गठबन्धन नजिककाशक्तिहरु संग मिलेर लण्डन पार्लियामेन्ट अगाडि असफल संविधान र गलतसिमाङ्कनको ७प्रदेश विरुद्ध दबाबमुलककार्यक्रमगर्ने पनि निर्णय गरयो ।

पार्टीका युके समितिकाअध्यक्ष धर्मबहादुर तामाङको अध्यक्षतामा सम्पन्न बैठकलाई केन्द्रीय वैकल्पिक सदस्य भगवान चाम्लिङको समेत उपस्थिती रहेको थियो । बैठकलाई महासचिव विश्वासहाँङ खेवाहाँग र उपमहासचिव कमलप्रसाद राईले पालैपालो संचालनगर्नुभएको थियो । यस समाजको युकेभर ६ वटा शाखाहरु रहेका छन् ।

– राजु सुब्बा

About

View all posts by