Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

नेपाली संघीय समाज युकेको रिडिङ शाखाको प्रथम अधिवेशनबाट पुनः तिल बहादुर गुरुङ चयन

  • Home
  • News
  • नेपाली संघीय समाज युकेको रिडिङ शाखाको प्रथम अधिवेशनबाट पुनः तिल बहादुर गुरुङ चयन

लण्डन, गत ९ नोभेम्बर २०१५ का दिन नेपाली संघीय समाज युकेको रिडिङ शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले पुनः तिल बहादुर गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै ११ सदसिय समिति निर्माण गरेको छ । उपाध्यक्ष बलबहादुर राई, सचिव कुवेर हाडा, सदस्यहरु क्रमशः रामप्रसाद गुरुङ, रहरमान राई, भोज बहादुर गुरुङ, गंगाप्रसाद लिम्बु, छत्रबहादुर गुरुङ, बिन्द्रामान राई, आसबहादुर गुरुङ चयन हुनुभएको छ । कोषाध्यक्ष र बाँकी सदस्य पछि थप्ने जनाइएको छ । नयाँ समितिलाई निर्वाचन आयुक्त बालकृष्ण राईले सपथ गराउनु भएको थियो ।

यसबेला भारतले नाकाबन्दि गरयो भन्नेले मधेस, थरुहट लगायत जनजाति आदोलनलाई सम्बोधन गर्न नेपाल सरकारलाई पनि दबाब दिनुपर्ने अन्यथा एमाले, काँग्रेस र एमाओवादीको षड्यन्त्रकारी मुद्धामात्र बोकेको ठहर्ने प्रमुख अतिथि तथा पार्टी वैकल्पिक केन्द्रीय सदस्य भगवान चाम्लिङले बताउनु भयो ।

संघीय समाज युके समितिका अध्यक्ष धर्मबहादुर तामाङ, जंग सुनुवार, बालकृष्ण राई, कमलप्रसाद राई, दावा श्याङबो, दशरथ राई लगायतले मन्तब्य राख्नु भएको थियो । कोषाध्यक्ष रामप्रसाद गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघीय समाज युके संघीय समाजवादी फोरम, नेपालको प्रवास अंग हो भने यस समाजको बार्षिक भेला यहि २१ नोभेम्बर २०१५ मा हुने जनाइएको छ ।

– राजु सुब्बा
Reading

About

View all posts by