Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

नेपाली संघीय समाजको बार्षिक भेला २१ नोभेम्बरमा हुदै

  • Home
  • News
  • नेपाली संघीय समाजको बार्षिक भेला २१ नोभेम्बरमा हुदै

लण्डन, २ नोभेम्बर २०१५ । नेपाली संघीय समाज युकेको वार्षिक भेला आउदो २१ नोभेम्बर २०१५ का दिन अल्डरसटको भेटघाट रेष्टुरेष्टको हलमा हुने भएको छ ।

वार्षिक भेला दिउसो ११ बजे देखि शुरु हुने भएकोले सबैलाई समयमै उपस्थित हुन अध्यक्ष धर्म तामाङले आग्रह गर्नु भएको छ । यस समाजको युकेमा ६ वटा शाखाहरु विस्तार भएका छन । भेलाको लागि सम्पूर्ण जातिय उत्थान संस्था र बुद्धिजीबिहरुलाई पनि निमन्त्रणा गरिने कुरा वरिष्ठ उपाध्यक्ष जंग सुनुवारले जनाउनु भएको छ । भेलामा संघीय समाजवादी पार्टी, नेपाल र खस समावेसि पार्टी बीच पनि समायोजन गरिने जनाईएको छ ।

समाजको रिडिङ शाखाको प्रथम महाधिवेशन पनि यहि आउदो ९ नोभेम्बर २०१५ का दिन मुन्चेश रेष्टुरेष्टमा दिउसो ११ बजे हुने कुरा उपाध्यक्ष बालकृष्ण राईले बताउनु भएको छ । नेपाली संघीय समाज युके संघीय समाजवादी फोरम, नेपालको प्रवास अंग हो ।
flag

About

View all posts by