Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

संघीय समाजवादीको आफ्नै न्यूज पोर्टल नयाँसमाचार डटकम शुरु

  • Home
  • News
  • संघीय समाजवादीको आफ्नै न्यूज पोर्टल नयाँसमाचार डटकम शुरु

लण्डन, २ नोभेम्बर २०१५ । नेपाली संघीय समाजका प्रवास समिति युके, बेल्जियम, हङकङ, कोरिया लगायतको लगानीमा अनलाइन समाचारको वेभसाइट नयाँसमाचार डटकम शुरु गरेको छ ।

पत्रकार देवेन्द्र खापुङ लगायतको सम्पादन र केन्द्रीय प्रचारप्रसार विभागका पदाधिकारी अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेलाको संयोजन तथा सक्रियतामा उक्त समाचार विशेष वेभसाइट शुरु गरिएको हो ।
मिडियामा पर्याप्त पहुच नभएकै कारण हाम्रा मुद्धाहरु ओझेलमा परेकोले सबै प्रकारको मिडियाहरुमा लगानी बढाउनु बाँध्यता भएको केन्द्रीय विभाग पदाधिकारी काङमाङ राईले बताउनु भयो र सम्पूर्ण मुलुकमा स्थापना भएका नेपाली संघीय समाजलाई ससानो सहयोग निरन्तर गर्न पनि आग्रह गर्नुभएको छ । मिडियाको कोष संचालनको निमित्त आधिकारिक ब्यक्तिहरुको संयुक्त हस्ताक्षरमा बैंक एकाउन्ट समेत खोलि सकिएकोले इच्छुक जो कसै वा समितिले सजिलै सहयोग गर्न सकिने बताइएको छ ।

संघीय समाजवादी फोरम, नेपालको आधिकारिक पार्टी अवधारणा तथा सुचना राखिने वेभसाइट फिडरलसोसलिष्ट डटअर्ग, पार्टीको मुखपत्र लोकसत्ता मासिक, सैद्धान्तिक मुखपत्र संघीय समाजवाद, संघीय समाचार साप्ताहिक आदि प्रकाशनहरु नियमित हुदै आएका छन् ।

http://nayasamachar.com/
nayaSamachar_background

About

View all posts by