Nepalese Federal Society, UK

नेपाली संघीय समाज, युके, www.nepaleseSociety.co.uk

संघीय समाज युकेको बार्षिक भेटघाट तथा च्यारिटी सम्पन्न- संविधानको मस्यौदा जलाइयो

  • Home
  • News
  • संघीय समाज युकेको बार्षिक भेटघाट तथा च्यारिटी सम्पन्न- संविधानको मस्यौदा जलाइयो
fsfn (18)

५ जुलाई २०१५ । संघीय समाजबादी फोरम नेपालको भातृ संगठन नेपाली संघीय समाज (नेफेसो) यु.के.को बार्षिक भेटघाट तथा ‘भुकम्प पीडित राहत च्यारिटी तथा भेटघाट’ डिनर कार्यक्रम सम्पन्न भएको छ |

हंस्लो लन्डन स्थित काठमाडौँ जोन रेस्टुरामा जुलाई ४ तारिकका दिन सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि फोरम नेपालका बैकल्पिक केन्द्रिय सदस्य टेक बहादुर थापा (राजेश) ले हालै भएको तीन पार्टी बीचको एकीकरणले उत्पीडित आदिवासी जनजाती, मधेसी, खस, तथा शिल्पी समुदायको अधिकार स्थापित गर्न कोसे ढुंगा साबित हुने विचार ब्यक्त गर्नु भएको थियो | संबिधान सभामा चार राजनैतिक दलहरुले पेश गरेको मस्यौदा संबिधान उही ४७ सालकै संसदीय सबिधानको नया सस्करण मात्र भएको हुदा यसका बिरुद्धमा आन्दोलन गर्नुको बिकल्प नरहेको धारणा सो अबसरमा थापाले राख्नु भएको थियो | गाईलाइ राष्ट्रिय जनावर घोषणा गरेर बनाउन लागिएको कथित संविधानले हिन्दुहरुकै पक्ष पोषण गर्ने ठहर समेत थापाले सो अबसरमा गर्नु भएको थियो |
fsfn (18)
कार्यक्रमका बिशिस्ठ अथिति तथा आदिवासी जनजाती महासघ यु.केका अध्यक्ष तुल छन्त्यालले भाबी संबिधानमा पहिचान सहितको संघियता कायम नभए त्यस्तो संबिधान आफुहरुलाई मान्य नहुने विचार राख्नु भएको थियो भने शेर्पा अर्गनाईजेसन यु के का अध्यक्ष साना शेर्पाले उत्पीडित जातीहरुको हकाधिकारका निम्ति गठन भएका आदिवासी जन्य पार्टीहरु एक भएर अघि बढ्नु पर्ने बेलामा हालै संघिय समाजबादी, खस समाबेसी र मधेसी फोरम बीच भएको तीन पार्टी एकीकरणले आदिवासी जनजाती भित्र आशा जगाएको विचार ब्यक्त गर्नु भएको थियो | कार्यक्रमलाई तिलबहादुर गुरुग, रिटायर्ड क्याप्टेन टिका राई, आदिवासी जनजाती बिद्यार्थी नेता हेम गुरुङ लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो |उक्त कार्यक्रममा १६ बुंंदे सहमति पछि आएको संविधानको मस्यौदालाई बैकल्पिक केन्द्रिय सदस्य राजेश, अध्यक्ष तामाग र जनजाति अध्यक्ष तुल छन्त्याल लगायतले सामुहिक रुपबाट जलाउने र च्यात्ने काम गर्नुहुदै सबैलाई अटाउने संविधानको माग गर्नुभयो ।

सो अबसरमा बेलायती नेपाली समाजमा संचार माध्ययम मार्फत खेलेको उल्लेखनिय भूमिकाका निम्ति गोर्खा च्यानल टि भि युकेको लागि निर्देशक बिमला सेने, नयाँ सन्देश साप्ताहिक पत्रिका, ग्रीनवीच टाइम्स मासिक पत्रिकाको लागि सम्पादक देवेन्द्र खेरेस लगायतलाई प्रसंशा -पत्र द्धारा सम्मानित गरिएको थियो भने नेफेसो युकेमा प्रवेश गर्नुहुने मिनु गुरुंंग, निर्देशक प्रेम लामा र राधा राईलाई समाजका अध्यक्ष धर्म तामाङ्गले खादा र समाजको झन्डा प्रदान गर्नु भएको थियो |

नेफेसो युकेका अध्यक्ष धर्म तामांगको अध्यक्षतामा संम्पन उक्त कार्यक्रममा नेफेसो युकेका उपाध्यक्ष जंग सुनुवारले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन समाजका महासचिब विश्वासहाँंग खेवाहांगले गर्नु भएको कार्यक्रममा नरेश काङमाङ, भाबना परिस्कृत, विश्वास दीप तिगेला लगायतका कबि तथा कवियत्रीहरुले समसामयिक कविता बाचन गर्नु भएको थियो भने गायक किसन राई, भान्जीद्धय मलियना तिगेला र इसिका थोप्रा लिम्बुले नुत्य प्रस्तुत गरेका थिए ।

भुकम्प पीडित राहत च्यारिटी तथा भेटघाट’ डिनर कार्यक्रमको संयोजन सचिव मिलन राईले गर्नुभएको थियो ।
fsfn (1)

fsfn (2)

fsfn (3)

fsfn (4)

fsfn (5)

fsfn (6)

fsfn (7)

fsfn (8)

fsfn (9)

fsfn (10)

fsfn (11)

fsfn (12)

fsfn (13)

fsfn (14)

fsfn (15)

fsfn (16)

fsfn (17)

fsfn (18)

About

View all posts by